थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना « Khabarhub

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार बिहान काठमाडौंमा अवतरण गरेका छन् ।

४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वेन्टी-२० आई क्रिकेट खेलिसकेका ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा वेस्ट इन्डिज ‘ए’ टिम नेपाल अवतरण गरेको हो ।

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । त्यहीकारण यस सिरिजलाई ऐतिहासिक भनिएको छ । टी–२० विश्वकप खेल्नुअघि नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच खेल खेल्ने टोली यसअघि नै घोषणा गरिसकेको छ । यस्तोमा बुधबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त टोलीको स्वागतलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) को अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

वेस्ट इन्डिज टोलीका खेलाडीहरूको लगेज राखेर होटल सोल्टी लैजाने क्रममा अपमानपूर्ण स्वागत गरिएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले क्यानप्रति आक्रोश पोखेका छन् ।

एसिया आईसीसी क्रिकेट टिम नामको एक फेसबुक पेजमा हालिएका तीनवटा फोटोमा कुखुरा र अन्य फोहोर सामान बोक्ने जस्तो पुरानो भ्यानमा टोलीका खेलाडीको लगेज हालिँदै गरेको देख्न सकिन्छ ।

यसलाई नै लिएर अहिले क्यानको व्यवस्थाप्रति सामाजिक सञ्जालका प्रयोगकर्ता भड्किएका हुन् ।

टोलीको स्वागतका लागि क्यानका व्यवस्थापक विनोद दाससहितको टोली पुगेको थियो । उनीहरुले वेस्ट इन्डिजको टोलीलाई सोल्टीसम्म लैजान एउटा बस र भ्यान पनि लगेका थिए ।

बसका वेस्टइन्डिजका खेलाडीलाई राखियो भने उनीहरूका लगेजलाई एउटा थोत्रे भ्यानमा हालिएको थियो ।

यस्तोमा क्यानका व्यवस्थापक दासले सबै लगेजहरू बसमा नअटाएका कारण भ्यानमा हाल्नु बाध्यता रहेको जवाफ दिएका छन् । उनले आवश्यकताअनुसार खेलाडीको सम्मानमा सबै खातिरदारी गरिएको बताउँदै कुनै औपचारिक नियम नभएको पनि जवाफ दिएका छन्।

भ्यानबारेमा उनले आवश्यकता परेर नै ल्याइएको बताएका छन् । पहिलेदेखिकै अभ्यासलाई निरन्तरता दिइएको पनि उनले बताएका छन् ।

को को आए?

दुई पटक विश्वकप जितेको वेस्ट इन्डिज टोलीको नेतृत्व रोस्टन चेसले गर्दा उपकप्तानमा २५ वर्षीय एलिक एथानाजे छन् । उनले ४ टेस्ट र १० एकदिवसीय खेलेका छन् । टोलीमा सन् २०१६ को विश्वकप  खेलेका जोनसन चार्ल्स पनि आएका छन् ।

नेपाल र पाहुना टोलीले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार पहिलो खेल खेल्ने छन् । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबारका लागि तय भएको छ ।

वेस्टइन्डिज टोली :
रोस्टन चेश (कप्तान), एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : १७ बजे

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले आयोगमा ४८ महिला र ९ पुरुषको नाम पठाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा– बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु