नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन « Khabarhub

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको छ ।

चेम्बर अन्तर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा चयन भएका छन् । त्यस्तै महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरू सुरेन्द्र कुमार श्रेष्ठ वस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका हुन् । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।

उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । त्यस्तै चेम्बरको राजश्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लव तथा मर्मत संभार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी,  कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।

चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका छन् । 

यसैगरी पूर्वाधार तथा भूमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ,  बैंक वित्तीय तथा बिमा समितिको सभापतिमा मनोहरदास मूल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा  सञ्जय कुमार अग्रवाल चयन भएका छन् । 

चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी, सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको चेम्बरले जानकारी दिएको छ ।

चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघि सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए । 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : १७ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची