पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे « Khabarhub

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे गरिदिएका छन् ।

हेटौंडा उपमहानगरपालिका-१६ का स्थानीयबासीले बुधबार बाजागाजासहित धुमधामसँग भ्यागुताको बिहे गरिदिएका हुन् ।

बुधबार बिहान पण्डितलाई नै बोलाएर बाजागाजासहित जोडी भ्यागुताको वैदिक परम्पराअनुसार बिहे गराइएको हो ।

स्थानीयले सहकाल र वर्षाका देवता मानिने इन्द्र भगवाकाे पूजा गरिसकेपछि भ्यागुता सजाएर बेहुला–बेहुली बनाउँदै बिहे गरिदिएका हुन् ।

भ्यागुताको उक्त बिहेमा १६ नम्बर वडाका रामकृष्ण कोइरालासहित करिब ३ सय मानिस सहभागी भए ।

बिहेका लागि हेटौँडा-१६ स्थित राम मन्दिरबाट जन्ती निस्केको थियो । त्यसपछि उनीहरू खमारेस्थित कुवामा पुगेर पञ्चे बाजा बजाउँदै भ्यागुताको बिहे गरिदिएका हुन् ।

पानी नपरेपछि अहिले देशभर डढेलोको प्रकोप छ । हजारौँ हेक्टर जंगल सखाप भइसकेको छ भने तराई मधेसमा खप्नै नसक्ने गर्मी बढेको छ ।

पानी नपरेर अन्नबाली लगाउन र जोगाउन पनि कठिन भएपछि स्थानीयले परम्परागत विश्वासमा परेर भ्यागुताको बिहे गरिदिएको वडाअध्यक्ष कोइरालाले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ५० बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ