बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस « Khabarhub

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उनले बताए ।

फागुन १५ बाट शुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०६ बजे

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा