कसरी हुन्छ मुखको क्यान्सर ? « Khabarhub

कसरी हुन्छ मुखको क्यान्सर ?

मुखको क्यान्सरको प्रमुख कारण सूर्तीजन्य पदार्थ


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यान्सर भन्नेबित्तिकै निको नहुने जटिल रोग भनेर बुझिन्छ। क्यान्सरको जटिलता हरेक वर्ष विश्वमा बढ्दै गएको छ। क्यान्सरकै कारण लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। विश्वव्यापी रूपमा जटिल बन्दै गएको क्यान्सरका विभिन्न प्रकार छन्। जसमा मुखको क्यान्सर एउटा हो। विश्वमा हरेक वर्ष ६ लाख ४० हजार मानिसमा मुखको क्यान्सर देखिने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक छ। नेपालमा क्यान्सरका कारण हुने मृत्यु मध्ये ५ प्रतिशत मुखको क्यान्सरका कारण हुने गरेको चिकित्सक बताउँछन्। विशेष गरी पुरुष सूर्तीजन्य पदार्थ, मध्यपान र धूम्रपानको अत्यधिक सेवन गर्ने भएकाले मुखको क्यान्सर पुरुषमा धेरै देखिने गरेको चिकित्सकको भनाइ छ। मुखको क्यान्सरलाई हामीले कसरी बुझ्ने ? मुखमा क्यान्सर हुनुको मुख्य कारण के हो ? यसको उपचार विधि के छ ? यिनै विषयमा केन्द्रित भएर म्याग्जिलो फेसियल तथा सर्जन डा.रुबिना सुवालसँग गरिएको कुराकानी :

ओठ, जिब्रो, दाँतको पछाडिको भाग, जिब्रोको मुनिको भाग, दाँतको माथिको भाग लगायत कुनै पनि भागमा रातो सेतो दाग भएमा त्यसमा क्यान्सर हुनसक्छ।

मुखको क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
शरीरमा आउने अनावश्यक ग्रोथलाई क्यान्सर भनिन्छ। त्यस्तै मुखमा विभिन्न भाग हुन्छन्। जस्तै ओठ, जिब्रो, दाँतको पछाडिको भाग, जिब्रोको मुनिको भाग, दाँतको माथिको भाग लगायत कुनै पनि भागमा रातो सेतो दाग भएमा त्यसमा क्यान्सर हुनसक्छ। त्यसैलाई हामीले क्यान्सर भनेर बुझ्छौं।

मुखमा क्यान्सर हुनुको मुख्य कारण के हो ?
मुखमा हुने ७० प्रतिशत क्यान्सरको कारण सूर्तीजन्य पदार्थलाई मानिन्छ। गुटखा, सूर्ती, पान, चुरोट तथा मादक पदार्थ सेवनका कारण मुखमा क्यान्सर हुने जोखिम हुन्छ। त्यस्तै नमिलेको बाङ्गो दाँत, चुच्चो दाँत छ र त्यसले गाला अथवा मुख्य भागमा घोचेर लामो समयसम्म घाउ बनाइराखेको छ भने पनि मुखको क्यान्सर हुनसक्छ। यसबाहेक थोरै मात्रामा भाइरल संक्रमण र वंशाणुगत कारणले पनि मुखको क्यान्सर हुनसक्छ।

लक्षण कस्ता देखिन्छन् ?
सामान्यतया रातो सेतो दाग देखिँदा पनि लापर्वाही गर्नु हुँदैन। दुई हप्ता भन्दा बढी समयसम्म मुखमा भएको घाउ निको भएको छैन, घाउबाट रगत आइरहेको छ, दुखाई विस्तारै कानतर्फ सर्दै गयो, थुक निल्न गाह्रो भयो, बोल्न र खानमा समस्या भयो भने सचेत हुनुपर्छ। यसबाहेक दाँत खुकुलो भएर हल्लिएको छ र घाँटीमा गिर्खा देखिएको भए पनि क्यान्सर हो कि भनेर शंका गर्न सकिन्छ।

विभिन्न अध्ययन अनुसार नेपालमा हुने १० प्रतिशत मृत्युको कारण क्यान्सरलाई मानिन्छ। त्यसमध्ये चौथो नम्बरमा मुखको क्यान्सर रहेको छ।

शरीरका अन्य भागको क्यान्सर मुखमा सर्ने सम्भावना कत्तिको हुन्छ ?
शरीरका अन्य भागको क्यान्सर कलेजो, फोक्सो लगायतका भागमा फैलिने सम्भाना धेरै रहन्छ भने मुखमा फैलिने सम्भावना त्यति हुँदैन। मुखको क्यान्सर पनि घाँटी तिर फैलिने सम्भावना एकदमै धेरै हुन्छ भने थोरै सम्भावना छातिमा फैलिने हुन्छ।

पछिल्लो समय मृत्युको कारण क्यान्सरलाई मानिन्छ , मुखको क्यान्सरको अवस्था के छ ?
विभिन्न अध्ययन अनुसार नेपालमा हुने १० प्रतिशत मृत्युको कारण क्यान्सरलाई मानिन्छ। त्यसमध्ये चौथो नम्बरमा मुखको क्यान्सर रहेको छ। त्यस्तै अन्तर्राष्ट्रिय तथ्याङ्कको आधारमा भन्नुपर्दा नेपालमा पुरुषमा तेस्रो नम्बरमा आउँछ। यी डेटाका अनुसार मृत्युको १० प्रतिशतमध्ये ५ प्रतिशतको मृत्यु मुखको क्यान्सरका कारण हुने गरेको छ। विशेष गरेर पुरुष गुट्खा, सुपारी, सूर्तीहरु खाने भएकाले पुरुषमा मुखको क्यान्सर कमन मानिन्छ।

यसको उपचार विधि के छ ?
शरीरमा देखिने विभिन्न क्यान्सरको फरकफरक विधिबाट उपचार गरिन्छ। त्यस्तै मुखको क्यान्सरको मुख्य उपचार विधि सर्जरी हो। सुरुवाती चरणमा उपचारका लागि आउँदा सर्जरीबाटै उपचार गरिन्छ भने उपचारमा आउन अलि ढिलाई भए सर्जरीपछि रेडियो थेरापीको पनि आवश्यकता पर्नसक्छ। समयमै उपचार गरेमा अन्य क्यान्सर भन्दा मुखको क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ।

शरीरमा देखिने विभिन्न क्यान्सरको फरकफरक विधिबाट उपचार गरिन्छ। त्यस्तै मुखको क्यान्सरको मुख्य उपचार विधि सर्जरी हो।

मुखको क्यान्सर वंशाणुगत कारण पनि हुन्छ भन्नुभयो, अहिले धेरै बालबालिकामा क्यान्सर देखिने गरेको छ। मुखको क्यान्सरको जोखिम कति छ ?
वंशाणुगत कारण ५ प्रतिशत मात्रै छ। ८०/९० प्रतिशत सूर्तीजन्य पदार्थका कारण हुने भएकाले बालबालिकामा मुखको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ।

कुन उमेरमा यसको जोखिम धेरै रहन्छ ?
वयस्क पुरुष अर्थात् ४० वर्षभन्दा माथिका पुरुषमा मुखको क्यान्सर धेरै देखिएको छ।

यसबाट बच्न के गर्ने ?
सबैभन्दा पहिले त सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। समय समयमा मुखको जाँच गर्ने, रातोसेतो दाग देखियो या आफूलाई कुनै शंका लाग्यो भने ढिलो नगरी उपचार गराउने र मुखको सरसफाइमा ध्यान दिएमा मुखको क्यान्सरबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ०९ बजे

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १