सहकारीपीडित आजदेखि फेरि आन्दोलनमा « Khabarhub

सहकारीपीडित आजदेखि फेरि आन्दोलनमा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् । 

 यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।

महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिएका छन् । 

अध्यक्ष केसीले भने, ‘माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं’ ।

अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनशनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो । 

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ८ : १८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी