विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब | Khabarhub Khabarhub

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको  बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ ।

गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार चार सयले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक र सडकबत्ती बापतको हो ।

 केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई अर्ब २७ करोड १० लाख २२ हजार एक सय ९४ रहेको छ । त्यसैगरी सडकबत्तीको बक्यौता रकम रु २१ करोड २८ लाख ३५ हजार पाँच सय छ रहेको छ । त्यस्तै घरायसी ग्राहकको बक्यौता रकम पनि रु ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम रु तीन अर्ब १५ करोड ४० लाख २६ हजार चार सय ५७ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने तीन हजार तीन सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।

‘वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रंकलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो’, उनले भने, ‘यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।’ केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।

कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । ‘करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्’, उनले भने, ‘छिमेकीले बिजुलीको महसुस नतिरेपछि लाइन काटियो भन्ने हल्ला गाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ । 

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई अर्ब तीन करोड ६२ लाख ११ हजार सात सय ६९ रहेको थियो ।

 सोही वर्ष सडकबत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रहेको छ ।  

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १२ : ५९ बजे

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

ललितपुर – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर