सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने | Khabarhub Khabarhub

सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि अहिले धनुषा जिल्ला अदालतमा लगिँदैछ ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्मम तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उक्त तीन दिनको म्याद गुज्रिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप समय लिने गरी अदालतमा उपस्थित गराउँदै छ ।

अहिले सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयमा राखिएको छ । त्यहाँबाट उनलाई अब जिल्ला अदालत धनुषामा उपस्थित गराइँदैछ ।

जहाँ अब सिरोहियालाई अझै हिरासतमै राखेर अनुसन्धान अघि बढाउने या तारेखमा छाड्ने विषयमा अदालतले निर्णय दिन सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लग्न लागिएको बताएका छन् ।

म्याद थप्ने या बाहिरै राखेर छानबिन अघि बढाउने निर्णय दिनुअघि जिल्ला अदालतका न्यायाधीशले दुवै पक्षका वकिलको कुरा सुन्ने भएका छन् ।

यस्तोमा सिरोहियाले आफ्नो पक्षमा बहसका लागि आधा दर्जनभन्दा बढी वरिष्ठ कानुन व्यवसायीहरू उतारेका छन् ।

सिरोहियाको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली अहिले जनकपुरधाममा छ ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले जिल्ला अदालतमा बहस गर्ने भएका छन् ।

यसअघि मंगलबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गर्न थापाथली पुग्दा वरिष्ठ अधिवक्ता थापा नप तत्कालै पुगेका थिए । जहाँ उनले सिरोहियाको पक्षमा बोल्दै आफू पनि उनीसँगै जनकपुर गएर बहस गर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ५७ बजे

कांग्रेस बैठकमा लेखकले भने- पदमा बस्दिन राजीनामा दिन्छु

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमा आफूले राजीनामा दिने बताएका

कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि निषेधित क्षेत्र घोषणा

काठमाडौं– ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाली कांग्रेस र नेकपा एमालेको

गृहमन्त्री लेखक बालुवाटारबाट बूढानीलकण्ठतिर

काठमाडौँ- गृहमन्त्री रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते

एजेन्सी– उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश

ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमा भएको हत्या