बार्सिलोनाले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक जाभीलाई « Khabarhub

बार्सिलोनाले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक जाभीलाई


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको छ ।

एफसी बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले शुक्रबार बिहान नयाँ सिजन २०२४/०२५ का लागि प्रमुख प्रशिक्षकको भूमिकामा निरन्तरता नदिइने सूचना दिएका थिए ।

अध्यक्ष जोन लापोर्टाले जाभी हर्नान्डेजलाई प्रमुख प्रशिक्षकबाट हटाउनुअघि उनीसँग संवाद गरेका थिए । जाभीले सन् २०२४-२५ को सिजनमा पनि निरन्तर रहन चाहेका थिए । तर क्लब व्यस्थापन आफ्ना पूर्वचर्चित मिडफिल्डर जाभीलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

यस सिजन जाभीको कमानमा बार्सिलोना खराब अवस्थाबाट गुज्रियो । उसले ला लिगाको उपाधि रक्षा गर्न सकेन। उपाधि भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना १२ अंकले पछि पर्दै दोस्रोमा खुम्चियो ।

उता युरोपेली च्याम्पियन्स लिगमा पनि बार्साको प्रदर्शन बिर्सनलायक रह्यो । यस्तोमा केबल दुई सिजनमै जाभीलाई बार्सिलोनाले क्लबबाट बिदा गरेको हो ।

उनलाई बार्सिलोनाले मुख्य प्रशिक्षकका रुपमा दुई वर्षअघि भित्र्याएको थियो । ४३ वर्षीय जाभी बार्सिलोनासँगको सम्झौता पनि सन् २०२४ सम्म मात्रै थियो । आफ्नो समयका जादुयी मिडफिल्डर जाभीले बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।

 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ६ : ०१ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको