गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ « Khabarhub

गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

‘केही दिनपहिले सरकारका माननीय उपप्रधान तथा गृहमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर जुन ढंगले विषय वस्तु प्रस्तुत गर्नुभएको छ, जसरी सदनभित्र रहेका माननीयजीहरूलाई, खासगरी नेकालाई लान्छित गरेर उहाँले जुन प्रश्न उठाउनु भएको छ, यसमा हामीले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छौँ भनेका छौँ,’ बैठकमा सहभागी प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसबारे हामी जवाफ पनि चाहौँला । अब त्यो जवाफ कसले दिने हो हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।’

उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भएको धरपकडबारे पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले भने ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ६ : १५ बजे

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक