कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात « Khabarhub

कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘सी’ को खेलमा बोलिभियालाई २–० गोलले हराउँदै अमेरिका विजयी भएको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक–एक गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमै अमेरिकाका पुलासिकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४४औँ मिनेटमा बालोगनले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

यो जितसँगै अमेरिका ३ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । ३ अंक नै भएको उरुग्वे दोस्रो स्थानमा छ । पराजित भएको बोलिभिया चौथो स्थानमा छ ।

अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग खेल्ने छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ४३ बजे

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण