वातावरणीय प्रभावले जनस्वास्थ्यमा गम्भीर समस्या : समाधान के छ ? | Khabarhub Khabarhub

वातावरणीय प्रभावले जनस्वास्थ्यमा गम्भीर समस्या : समाधान के छ ?


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

विगतका वर्षमा भन्दा यो वर्ष गर्मी बढी हुँदा जनस्वास्थ्यमा विभिन्न खालका असर देखिइरहेका छन्। तापक्रम बढेसँगै लामखुट्टेजन्य प्रकोप बढ्दै गएको छ। लामखुट्टेबाट सर्ने रोग बढ्ने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ। संक्रामक रोगबाट बच्न सरसफाइ र दैनिक व्यवहारमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ। गर्मी बढ्दै जाँदा जनस्वास्थ्यमा के–कस्ता समस्या देखिने गरेका छन् ? विगतभन्दा गर्मी किन बढ्दै गएको छ ? यस्तो समयमा सरुवा रोगको महामारी फैलिन नदिन सरकारले के पहल गर्नु जरुरी छ ? यिनै विषयमा केन्द्रित भएर प्राध्यापक डा. जनस्वास्थ्यविद् शरद वन्तसँग गरिएको कुराकानी :

यो वर्ष तुलनात्मक रुपमा गर्मी धेरै बढेको छ। यस्तो अवस्थामा जनस्वास्थ्यमा के-कस्ता समस्या देखिन्छन् ?
सामान्य रुपमा सधैंजस्तै गर्मी बढेको भए प्राकृतिक रुपमै यो मौसममा आएको परिवर्तन हो भनेर बुझ्न सकिन्थ्यो। तर यस पटक हामीले अनुभूत गरिरहेको गर्मी सामान्य भन्दा बढी भएकाले जनस्वास्थ्यमा यसले प्रत्यक्ष र अप्रत्यक्ष गरेर दुई किसिमले प्रभाव पारिहरेको छ।

गर्मी बढ्ने बित्तिकै हाम्रो शरीरबाट पसिना आउँछ। यस्तो अवस्थामा डिहाइड्रेसन हुने सम्भावना धेरै हुन्छ। खासगरी बच्चालाई यसले बढी नै सताउँछ।

प्रत्यक्ष प्रभाव
गर्मी बढ्ने बित्तिकै हाम्रो शरीरबाट पसिना आउँछ। यस्तो अवस्थामा डिहाइड्रेसन हुने सम्भावना धेरै हुन्छ। खासगरी बच्चालाई यसले बढी नै सताउँछ। ठुलो मान्छेले समस्या आयो भने पानी धेरै खानसक्छन्। तर बच्चामा समस्या भएको थाहा नहुनसक्छ। त्यस्तै दीर्घ रोगीलाई पनि समस्या हुन्छ। स्वस्थ मानिसलाई भन्दा दीर्घ रोगीलाई गर्मी सहन गर्न अझ गाह्रो हुन्छ।

अप्रत्यक्ष प्रभाव
यही ढंगले गर्मी बढ्दै गयो भने पानीका मुहान सुकेर पानीको अभाव हुन्छ। जसले गर्दा हाम्रो सरसफाइ हुँदैन। विभिन्न रोग फैलिने सम्भावना हुन्छ। त्यस्तै बढ्दो गर्मीसँगै वातावरणमा पर्ने प्रभावले अप्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ। जुन हामीले बुझेका हुँदैनौं।

यो मौसममा के कस्ता सरुवा रोग बढी देखिने गरेका छन् ?
वातावरणकै प्रभावका कारण सरसफाइ हुँदैन र सरसफाइकै कारणले सरुवा रोग फैलिने सम्भावना धेरै हुन्छ। लामखुट्टेको टोकाइबाट फैलिने रोग बढी देखिने गरेका छन्। यस बाहेक तराईका जिल्लामा सर्पदंशको बिगबिगी पनि बढ्ने गर्दछ। यो सरुवा रोग नभए पनि यो मौसममा जनस्वास्थ्यमा पर्ने प्रतिकुल असर नै हो।

वातावरणकै प्रभावका कारण सरसफाइ हुँदैन र सरसफाइकै कारणले सरुवा रोग फैलिने सम्भावना धेरै हुन्छ। लामखुट्टेको टोकाइबाट फैलिने रोग बढी देखिने गरेका छन्।

यसवर्ष अत्याधिक मात्रामा गर्मी बढ्नुको कारण के हो ?
यसबारेमा अहिले विश्वव्यापी रुपमा अध्ययन अनुसन्धान भइरहेका छन्। जलवायु परिवर्तनका कारण विभिन्न असर देखिएको कुरा विज्ञानले पनि साबित गरिसकेको छ। गर्मी बढ्नुको कारण पनि जलवायु परिवर्तनलाई मान्न सकिन्छ। त्यस्तै प्रविधिको विकास सँगै औद्योगिक क्षेत्रको वृद्धि, हाम्रो जीवनशैली लगायतका कुराले यसमा असर पारेको छ। यो हाम्रो देशको मात्रै नभएर विश्वव्यापी समस्या हो। तर विकसित देशमा यस्ता समस्याको सामना गर्नका लागि विभिन्न उपाय हुन्छन् भने हाम्रो जस्तो मुलुकमा नागरिकले यसको सास्ती भोग्नुपर्ने बाध्यता छ।

यो वर्ष डेङ्गुको महामारी फैलिने सम्भावना के छ ?
औलो र डेङ्गु हेर्दा उस्तैउस्तै देखिए पनि फरक छन्। जस्तै औलो संक्रमित लामखुट्टे मरेपछि त्यससँगै कीटाणु पनि मर्छ। त्यसले उसबाट जन्मिने बच्चाबाट संक्रमण फैलाउँदैन। डेङ्गुको हकमा भने संक्रमित लामखुट्टेले जन्माउने बच्चा पनि संक्रमित भएर जन्मिन्छन् र माउ लामखुट्टे मर्यो भने पनि त्यसबाट जन्मिका बच्चाले संक्रमण फैलाइरहेका हुन्छन्। त्यसैले विगतमा फैलिएको डेङ्गु अहिले पनि फैलिने सम्भावना धेरै हुन्छ। यसबाट बच्न सतर्कता अपनाउनु आवश्यक छ। जस्तै अहिले ७० भन्दा धेरै जिल्लामा देखापरेको छ। हामीले समयमै रोकथामको लागि आवश्यक पहल नगरे संक्रमण फैलिने जोखिम हुन्छ।

अहिले डेङ्गु ७० भन्दा धेरै जिल्लामा देखापरेको छ। हामीले समयमै रोकथामको लागि पहल नगरे संक्रमण फैलिने जोखिम हुन्छ।

यसको महामारी फैलिन नदिन सरकारले के पहल गर्नु जरुरी छ ?
सबैभन्दा पहिले त कहाँनिर कुन ठाउँ त्यस्ता जोखिमपूर्ण छन्। त्यस्ता ठाउँबारे अनुगमन गरेर व्यवस्थापन गर्नुपर्छ। आम नागरिकलाई सचेतनामुलक कार्यक्रममा पहुँच दिने र यसका लागि सरकारमात्रै सचेत भएर पुग्दैन। हामी पनि व्यक्तिगत र पारिवारिक रुपमा सचेत हुनुपर्छ। सरकारले आफ्नो तर्फबाट पहल गर्नुपर्छ जस्तै औलो नियन्त्रणका लागि झुल समेत सरकारले बाँडेको थियो। त्यस्तै डेङ्गु नियन्त्रणका लागि पनि त्यस्ता प्रयास र अभ्यास गर्नुपर्छ। सरकारले केही हदसम्म प्रयास गरिरहेको छ। त्यसैलाई अझ बढाउनु आवश्यक देखिन्छ। नागरिक तहमा पनि सचेतना बढाउनु जरुरी छ। यदि केही गरी रोग लागिहाल्यो भने पनि समयमै उपचार गर्नु आवश्यक छ।

यो मौसममा फैलिन सक्ने रोगबाट बच्नका लागि के कस्ता कुरामा ध्यान दिनु आवश्यक छ ?
गर्मी मौसममा फैलिने यी रोग सरसफाइ नपुगेका कारण फैलिने हुन्। त्यसैले परिवार र समुदाय तहमा नै यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। फोहोरमैला नै सरुवा रोगका मुख्य स्रोत भएकाले फोहोमैला बाहिर फाल्नु हुँदैन। लामखुट्टेको टोकाइबाट पनि धेरै रोग फैलिने भएकाले लामखुट्टे बढ्नसक्ने स्रोतको व्यवस्थापन गर्नुपर्छ। घर वरिपरिको झार र पानी जम्ने खाल्टाखुल्टी सफा गर्नुपर्छ। यो मौसममा लामखुट्टेको टोकाइबाट बच्नु नै संक्रमणबाट जोगिने पहिलो उपाय हो।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : १८ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको