कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात « Khabarhub

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । आज बिहान भएको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ गोलले हराउँदै उरुग्वेले सुखद सुरुवात गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले एक–एक गोल गरेका थिए । यस्तै, पानामाका माइकल मुरिलोले एक गोल फर्काएका थिए ।

उरुग्वेका आरौजोले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ८५औँ मिनेटमा डार्विनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी, दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माटिआसले गोल गरेपछि उरुग्वे ३–० गोलले अगाडी बढ्यो ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा पानामाका माइकलले गोल गरेपछि खेल ३–१ मा सकिएको थियो ।

यो जितसँगै उरुग्वे ३ अंकसहित समूहको शीर्षस्थानमा छ । ३ अंक नै भएको अमेरिका गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित भएको पानामा अंकविहीन छ ।

यो पनि…
कोपा अमेरिका : अमेरिकाको विजयी सुरुवात

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ३३ बजे

शंकर ग्रुपका शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो

काठमाडौं- शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका

प्रचण्डले झक्कुलाई तोके राष्ट्रियसभा दलको नेता

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान– इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई

संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सभामुख पदमा

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

काठमाडौं– विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र