जनशक्तिको अभावले अस्पताल भवन अलपत्र  | Khabarhub Khabarhub

जनशक्तिको अभावले अस्पताल भवन अलपत्र 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन । 

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप स्थानीयवासीले जग्गादान दिएर समयमै निर्माण भएको उक्त भवन हालसम्म प्रयोगमा नआउँदा अलपत्र बनेको हो ।

निर्धारित समयमा भवन सम्पन्न भए पनि अहिले बजेट, जनशक्ति र आवश्यक उपकरण अभाव हुँदा प्रयोगमा आउन नसकेको अन्नपूर्ण–१ दोवाका वडासदस्य गोविन चोचाङ्गीले बताए। 

वडासदस्य चोचाङ्गीका अनुसार अस्पतालको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । करिब १२ रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अपाङ्गमैत्री संरचनामा निर्मित भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेका उनले जानकारी दिए। 

भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीको आवासका रुपमा प्रयोग गरिने जनाइएको छ । भवन निर्माणका लागि विसं २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ मा ठेक्का सम्झौता गरेको थियो । 

अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको स्थानीयले बताएका छन् ।

पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र संघीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 

अस्पताल सञ्चालनमा आएपछि दोवावासीलाई उपचारमा सहज हुनेछ । पालिकाभित्रका अन्य वडाका बासिन्दाको सहजतका लागि बेनी–पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामीण सडकमा ढलान, कालोपत्रसहितको स्तरोन्नति आवश्यक देखिएको स्थानीय बताउँछन ।

जिल्लाको मंगला, धवलागिरिमा पालिकास्तरीय अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् भने रघुगङ्गा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन नसकेको जनाएका छन् । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ४८ बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई