न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा तीनै दलका जनप्रतिनिधि « Khabarhub

न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा तीनै दलका जनप्रतिनिधि


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सडक (न्यूरोड) क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावको वडाअध्यक्षहरूले विरोध गरेका छन् ।

काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मेयर साहको उक्त प्रस्तावमाथि सामूहिक रुपमा संशोधन प्रस्ताव हालेका हुन् ।

काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’बनाउने प्रस्ताव व्यवहारिक हुन नसक्ने बताए ।

वडाअध्यक्ष पराजुलीले नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने गरी नगरसभामा आएको प्रस्ताव हटाउनुपर्ने बताएका छन् ।

‘यो कुरा तीनै दलका वडाअध्यक्षहरूले सर्वसम्मत सहमति गरेर ल्याएका हौँ’, उनले भने, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित र एकीकृत समाजवादीबाट निर्वाचितले मिलेर यो खाका बनाएका हौँ । अहिलेलाई नयाँ सडक क्षेत्र ‘नो भेहिकल जोन’ हुन सक्दैन।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ०८ बजे

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई