हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, प्रचण्डजी राम्रो जादुगर भएर आउनुभयो : रमेश लेखक « Khabarhub

हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, प्रचण्डजी राम्रो जादुगर भएर आउनुभयो : रमेश लेखक


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई राम्रो प्रधानमन्त्री चाहिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम्रो जादुगर बनेर आएको टिप्पणी गरेका छन् । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । 

‘सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ,’ लेखकले भने, ‘उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’

उनले अहिले पनि नेपाली नागरिकले धेरै चुनौतीहरू ब्यहोर्नु परिरहेको भन्दै मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए। 

‘कतिपय चुनौतीहरू अहिले पनि हामीले ब्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ,’ प्रमुख सचेतक लेखकले भने, ‘तर, राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता बेहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : २६ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु