अर्थसंक्षप : काठमाडौं महानगरको बजेट २५ अर्ब ६३ करोड, नेता केन्द्रित बजेट नछुट्याएको अर्थमन्त्रीको जवाफ « Khabarhub

अर्थसंक्षप : काठमाडौं महानगरको बजेट २५ अर्ब ६३ करोड, नेता केन्द्रित बजेट नछुट्याएको अर्थमन्त्रीको जवाफ


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको उनले बताए ।

आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीयतहबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने लगायतमा सरकार दृढ रहेको विश्वास दिलाउने मन्त्री पुनले उल्लेख गरे ।

हेर्नुहोस् आज दिनभरका आर्थिक समाचारहरु : 

अर्थमन्त्रीको जवाफ- नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य लाई प्राथमिकता राख्दै सोमबार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको चौंधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्ष०८०/८१ भन्दा करिब १३ करोड ८१ लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरेकी हुन् ।

काठमाडौं महाननगरले ल्यायो २५ अर्ब ६३ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी छन् ।

वैतेश्वर गाउँपालिकाले ल्यायो ५४ करोड १५ लाखको बजेट

जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम गाउँभामा प्रस्तुत गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयतामा सुरु भएको १५औँ गाउँभामा पालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समितिकी संयोजक कल्पना उप्रेतीले आगामी वर्षको लागि कुल ५४ करोड १५ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

उपाध्यक्ष उप्रेतीका अनुसार आर्थिक विकास तर्फ सात करोड ६५ लाख ९० हजार ३०० रुपैयाँ, पूर्वाधार विकास तर्फ १६ करोड ४२ लाख रुपैयाँ, सामाजिक विकास तर्फ १८ करोड ९५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई करोड ५० लाख, प्रशासनिक खर्च तर्फ नौ करोड आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपालगञ्जको बजेट एक अर्ब ५० करोड

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब ३५ करोड कम हो ।

सूर्योदय वोमी लघुवित्तको संस्थपाक शेयर, सर्वसाधारणका लागि खुला

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि खुला भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६९ हजार ८०५ कित्ता संस्थापक शेयर हाल विद्यमान संस्थापकले खरिद नगरेपछि सर्वसाधारणमा विक्रीका लागि खुला गरिएको हो ।

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने

लुम्बिनी हर्बोस्यूटिकल्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ ।

भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनीले थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपिओ ल्याउने भएको हो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको