कैलालीको टीकापुरमा चितुवाको त्रास « Khabarhub

कैलालीको टीकापुरमा चितुवाको त्रास


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका–७ र ८ मा चितुवाले त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् ।

केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि, उनी खतरामुक्त छन् । चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बंगुर र कुकुर मारेको छ ।

चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । ‘राति शौचालय जान निस्केको थिएँ, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिएँ’, टीकापुर–७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।’

गाउँमा जंगली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन् ।

‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ’, उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।’

यहाँ सत्ती कर्णाली र श्रीलंका सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जंगल भएकाले जंगली जनावरको आक्रमण बढिरहेको वडा नंं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए ।

‘पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं. ७, ८, ५ र २ मा जंगल क्षेत्र जोडिएकाले यी वडामा जंगली जनावरको जोखिम छ,’  उनले भने । वडा नं. ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जंगली  जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको भनाइ छ ।

सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जंगली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए । ‘केही महिनादेखि जंगली जनावरको आक्रमण बढेको जानकारी आएको छ’, उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जंगली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।’

डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : २६ बजे

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा

ओलीको प्रशंसा गर्दै रञ्जीताले भनिन्- उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनमा

एनपीएल फाइनल सुरु हुनुअघि कीर्तिपुरको माहौल (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग -२ : फाइनल खेलको लागि बिहानैदेखि

एमालेको उद्घाटन सत्रमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी उपस्थित

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र