सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड « Khabarhub

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरियौँ : प्रचण्ड


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिसभामा बोल्दै उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए । उनले यसको यथार्थलाई जनताले राम्ररी बुझेको बताए ।

सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको उनको भनाइ थियो ।

‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनर्निर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ’, प्रचण्डले भने ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए । उनले माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै माओवादीलाई रूपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिने बताए ।

माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए ।

   

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४३ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा