अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन | Khabarhub Khabarhub

अधुरा योजनाको विवरण उपलब्ध गराउन मन्त्री यादवको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले मन्त्रालय मातहतका निकायलाई अधुरा रहेका विकास योजनाको विवरण एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा आयोजित योजना कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उपस्थित जलस्रोत, भूमिगत सिँचाइ र खानेपानी डिभिजन कार्यालयका प्रमुखहरूबाट आएका गुनासो सम्बोधन गर्दै मन्त्री यादवले अधुरा योजनाहरूको विवरण लिखित प्रतिवेदनसहित उपलब्ध गराउन निर्देशन दिए।

डिभिजन वा मातहतका कार्यालयबाट हुने विकास निर्माणमा सहजता र कानुनी रुपमा देखापरेका जटिलता समाधानका सन्दर्भमा संस्थागत विचारसहित एक साताभित्र प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयका सचिव जक्की अहमदले जानकारी दिए। 

कार्यक्रमका सहभागीले विपत् व्यवस्थापनका लागि ‘फ्रिज’ नहुने गरी खर्च गर्न सक्ने कानुन व्यवस्था गरिनुपर्ने माग गर्दै तत्काल कानुन संशोधन वा नयाँ कानुन बनाउन आग्रह गरेका थिए ।

उनीहरूले योजना सञ्चालन र बजेट खर्चबारे अर्थ मन्त्रालयले गरेको मार्गदर्शनले कार्यान्वयनमा समस्या भएको बताउँदै यसको संशोधन गर्नुपर्नेमा जोड दिएको उनले बताए । 

कतिपय योजनाहरू ६०-७० प्रतिशत काम भए पनि बजेट अभावले सम्पन्न नहुँदा थप जटिलता उत्पन्न भएको बताउँदै तत्काल बजेट संशोधन वा रकमान्तर गरी नयाँभन्दा क्रमागत योजनामा बजेट विनियोजन गरिदिन सहभागीले मन्त्री यादवसँग आग्रह गरे। 

अभिमुखी कार्यक्रममा मन्त्रालयका सचिव अहमद, महाशाखाका प्रमुखहरूसहित प्रदेशका आठवटै जिल्लास्थित जलस्रोत तथा सिँचाइ डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन, भूमिगत सिँचाइ डिभिजन कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ४४ बजे

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

पेरिस – फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी – यही असोज ११ र १२ गते आएको बाढीले