देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ « Khabarhub

देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् । 

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् । 

‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् । 

उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् ।

‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ०६ बजे

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको