देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ « Khabarhub

देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी बनाउनका लागि कडाइका साथ जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा लागू गराउन आग्रह गरेका छन् । 

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार १८ जनाको मृत्यु हुने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि उनले सरकारसँग यस्तो माग गरेका हुन् । 

‘हवाई सुरक्षालाई प्रभावकारी बनाउन जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले एक्स (ट्विटर)मा लेखेका छन् । 

उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू निकै मर्माहत भएको पनि बताएका छन् ।

‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ सभापति देउवाले लेखेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ०६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन