विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, कारण बुझ्न अधिकारीहरूलाई निर्देशन | Khabarhub Khabarhub

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, कारण बुझ्न अधिकारीहरूलाई निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको स्थानमा पुगेका छन् ।

त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न निर्देशन दिइसकेको बताएका छन् ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’, उनले भनेका छन्, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु।’

उनले अहिले विमानस्थल सञ्चालनमा आइसकेको बताएका छन् । उनले दुःखद घडीमा सबैलाई धैर्य रहन पनि अनुरोध गरेका छन् ।

यसअघि गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे पनि घटनास्थल पुगेर अवस्थाको जानकारी लिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : २३ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले