विमान दुर्घटनाका १८ शवको पोस्टमार्टम गरिसक्न ७२ घण्टा लाग्ने « Khabarhub

विमान दुर्घटनाका १८ शवको पोस्टमार्टम गरिसक्न ७२ घण्टा लाग्ने

आफन्तहरू शिक्षण अस्पतालमा जम्मा हुँदै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १७ पुरुष र एक महिलाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

ज्यान गुमाउने १७ पुरुषमा एकजना बालक पनि रहेका छन् । त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले खबरहबलाई बताएअनुसार आफन्तहरू आइरहेका कारण पोस्टमार्टम अघि बढाउन केही बेर लाग्न सक्छ ।

‘यहाँ १८ शव जनाको आएको छ । आफन्तबाट मृतकको पहिचानको पहिलो प्रयास गर्छौँ । पोस्टमार्टमका लागि डीएनए र फिङ्गर प्रिन्ट विज्ञहरू झिकाएका छौँ’, उनले खबरहबलाई भने, ‘हामी सकेसम्म अनुहारको बनावट र दाँतको बनावटबाट शव पहिचानको कोसि गर्छौँ । यदि त्यसो भए पोस्टमार्टम छिट्टै सकिनेछ ।’

अन्य घटनामा जस्तो मृत्युको कारण खोज्नु पर्ने नभएकाले शवको पहिचानका लागि मात्रै पोस्टमार्टम हुने उनले बताए । ‘हामीले शवको पोस्टमार्टमका लागि मात्रै पोस्टमार्टम गर्छौँ । हामीलाई एउटा शव परीक्षण गर्न चार घण्टा लाग्छ’, उनले भने, ‘हामीकहाँ दुईवटा टेबल छन् । एउटा टेबलमा पहिचान खुल्ने कुरा पत्ता लगाउँछौँ । त्यसपछि अर्को टेबलमा पोस्टमार्टमा हुन्छ ।’

चौधरीका अनुसार सबै शवहरू जलेको अवस्थामा पुगेका छन् । ‘जलेका शव आएकाले केही समस्या हुन सक्छ । कुनै अर्ध जलेका छन्, कुनैको अधिकांश शरीर जलेको छ। अलिकति जले पनि शवको संरचनामा परिवर्तन हुने भएकाले पोस्टमार्टम लम्बिन सक्छ ।’

चौधरीले सबै १८ वटा शवको पोस्टमार्टम सक्न ७२ घण्टा लाग्न सक्ने बताए । ‘हामीसँग पोस्टमार्टमका लागि २५ जनाको टोली छ, डाक्टर र हेल्परसहित । दुर्घटनामा परेका बडीहरूको अवस्था कुनै पूरै जलेकोले यो टोलीलाई काम अघि बढाउन समस्या हुन सक्छ’, उनले भने, ‘कुनैको टाउको जलेको छ, कुनैको खुट्टा जलेको छ । चिनिने र नचिनिने दुवै अवस्थाका शव छन् । पहिले उहाँहरूका आफन्तबाट शवको पहिचान कोसिस गर्छौँ, त्यसपछि डीएनसहितको विकल्पमा जान्छौँ ।’

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ४३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ