अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  सो सम्बोधनमा आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ । 

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका विषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको धारण राख्नेछन्। 

स्थानीय समयअनुसार बिहीबार राति ८ः०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्नेछन् भन्ने विषयमा आफ्ना धारणा राख्ने बताएका छन् । 

आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।

कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसनमा) रहेको बेला उनले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका थिए । 

जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो । 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ०५ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा