बुद्धदर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बुद्धदर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित छ : प्रधानमन्त्री


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् ।

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवम् अनगारिका गुरुमाँहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले कार्यक्रममा प्रसन्न भएर आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मनकन साथ आएको भन्दै सम्वोधन सुरु गरे । उनले मृतकप्रति हार्दिक समवेदना व्यक्त गरे । उनले जहाजका क्याप्टेनको स्वास्थलाभको कामना गरे ।

ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको प्रसंसा गरे । ज्ञान संग्रह गरेर पुस्तकका रुपमा बाँडेको भन्दै विशेष धन्यवाद दिए । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै दुरुस्त केही नहुने उल्लेख गरे ।

उनले नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएको पनि उल्लेख गरे । उनले बुद्धधर्मबारे पनि चर्चा गरे । उनले बुद्धलाई विविध ढंगले चिन्ने गरेको उल्लेख गरे ।

बुद्धले त्यसै सुखसयल र दरबार नछोडेको पनि उल्लेख गरे । नेपाल बुद्धको जन्मथलो मात्रै होइन बुद्ध दर्शनको थालनी भएको देश पनि हो भने ।

यो देशलाई सबै नेपालीको साझा देश र शान्तिको देशका ?पमा चिनाउनु पर्नेमा पनि जोड दिए ।

बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न भन्दै उनले अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख गरे ।

पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौँ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरू भनेका के हुन् ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन् ? जस्ता यावत प्रश्नहरू बौद्ध दर्शनका पाठकसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गरे ।

‘जीवन जिउने कला वा होशपूर्ण ?पमा मर्ने कला सम्बन्धि बौद्ध दर्शनलाई पाठकहरू समक्ष स्पष्ट पार्न पनि पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको छु,’ उनले भने, ‘ध्यान र यसको विज्ञान नामक पुस्तक लेख्नेक्रममा उक्त पुस्तकको पहिलो अध्याय नै एउटा पुस्तकका ?पमा प्रकाशित गर्दा उचित होला भन्ने ठानी मैले पहिलो अध्यायलाई पुस्तकका रुपमा ‘बुद्धका मौलिक दर्शन’ भनी प्रकाशित गरेको हुँ ।’

उनले बुद्धका दर्शनहरूबारे लाखौं पुस्तक प्रकाशित भइसकेको अवस्थामा यो पुस्तक पनि त्यही क्रमको एउटा प्रयास मात्र भएको उल्लेख गरे । ‘यो पुस्तक ‘बुद्धका मौलिक दर्शन’ मा बुद्धका आधारभुत शिक्षाहरूका बारे उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसैले बुद्धका आधारभूत शिक्षाका बारे जानकारी लिन चाहनु हुने पाठकहरूका लागि ‘बुद्धका मौलिक दर्शन’ नामक यो पुस्तक फलदायी हुने अपेक्षा गरेको छु ।’

डाक्टर शाक्यको कृतिबारे उल्लेख गर्दै कार्यक्रमका संयोजक एवं भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मूलतः बुद्ध धर्ममा अभ्यास गरिने ध्यान सम्बन्धी पुस्तक भएको उल्लेख गरे ।

‘बुद्ध धर्म एक विराट प्रकृतिको धर्म हो । यो धर्ममा मानवसेवासँग सम्बन्धित दर्शनका साथसाथै ध्यान, पूजा, पाठ, भजन, दान आदि जस्ता विभिन्न पक्षहरू पनि जोडिएका छन् । यी मध्ये पनि ध्यान सबैभन्दा महत्वपूर्ण तत्व हो,’ उनले भने, ‘सर्वसाधारणलाई पूजा, पाठ र भजन सजिलो हुने भएकोले बुद्ध धर्ममा पनि यो पक्ष सवल हुँदै आएको छ भने ध्यान पक्ष ओझेलमा पर्दै गएको देखिन्छ ।’

पुस्तकको पहिलो भागमा ध्यान अभ्यास गर्नु पूर्व मनन् गर्नुपर्ने विभिन्न विषयबारे चर्चा गरिएको पनि उनले उल्लेख गरे ।

‘ध्यान मूलतः चित्तलाई नियन्त्रण गरी चञ्चल हुनबाट जोगाउने मानसिक मार्ग हो । तसर्थ ध्यान अभ्यास गर्नु अघि मानिसको चित्त के हो ? यो कसरी सञ्चालन हुन्छ ? यसका अवयवहरू के–के हुन् ? आदि जस्ता विषयमा जानकार हुनु अनिवार्य हुन्छ । यो नै बुद्धले प्रतिपादन गरेको मूल दर्शन हो । त्यसैले पुस्तकको नाम नै ‘बुद्धका मौलिक दर्शन’ राखिएको छ ।’

पुस्तकले मानिसको चित्तलाई विश्लेषण गरी त्यसभित्र विद्यमान सम्पूर्ण जटिलहरूलाई सरल ढंगले व्याख्या गरेका कारण सर्वसाधारणका लागि पनि पठनीय रहेको उल्लेख गरे ।

उनले यही ध्यानकै विषयमा केन्द्रित भई अध्येता लेखक डा। शाक्यले ध्यान सम्बन्धी एउटा वृहत् ग्रन्थ तयार गरेको उल्लेख गरे । ‘त्यसको पहिलो भागका रुपमा यो पुस्तक प्रकाशित भएको हो,’ उनले भने, ‘दोस्रो भाग हामी केही समय पछि प्रकाशित गर्नेछौँ ।’

कार्यक्रममा १ सय जना भिक्षुहरूलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाँहरूलाई बस्त्र तथा अन्य वस्तुदान गरिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ३४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक