नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने « Khabarhub

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू नयाँ यात्रा लागे पनि पार्टी खोलेको अवस्थामा अध्यक्ष नहुने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेर नयाँ अभियान घोषणा गरेका हुन् ।

‘हामी अब अध्यक्ष र उपाध्यक्ष हुने दौडमा छैनौँ । नयाँ पुस्तालाई हामी अगाडि सार्छौँ’, उनले भने, ‘उहाँहरूलाई अध्यक्षका रुपमा अघि सारेर प्रचण्डले छाडेको आन्दोलनलाई अघि बढाउँछौँ ।’

उता अर्का नेता राम कार्कीले पनि आफूहरूले नेतृत्वमा नगएर नयाँ पुस्तालाई स्थापित गर्ने बताए । ‘राजनीति छाडेर चन्दन लाउँदैनौँ। तर हामी कार्यकारी भूमिकामा बस्दैनौँ’, उनले भने, ‘हामी एउटा नयाँ यात्रामा छौँ । हामी बन्दुक बोकेर जंगल पनि जाँदैनौँ । हामी २० पार्टीमाझ केबल एउटा पार्टी थप्न मात्रै आएका होइनौँ।’

उनले अब युवाहरूले नयाँ दल बनाउने बताउँदै पाका नेताहरूले सुझाव दिएर अघि बढाउने पनि बताएका छन् ।

माओवादी छाड्दा जनार्दनलाई धोकेबाज भनिरहेको बताउँदै उनले प्रचण्डले नै माओवादीको आन्दोलनलाई धोका दिएर हिँडेको बताएका छन् ।

कार्कीले अबको प्रतिस्पर्धा युवा पिढीको रहेको बताउँदै अब महिला, गरिब र मजदुरको पार्टीका रुपमा आफूहरूले स्थापित गर्ने बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ३ : ३३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास