नेपालको राहदानीको विश्व वरीयतामा सुधार « Khabarhub

नेपालको राहदानीको विश्व वरीयतामा सुधार


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालको राहदानीको विश्व वरीयतामा सुधार आएको छ ।

विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो । 

यस वर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ । यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शीर्ष स्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शीर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् ।

त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ ।त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक-समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् ।

 यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : १० बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट