नेपालको राहदानीको विश्व वरीयतामा सुधार « Khabarhub

नेपालको राहदानीको विश्व वरीयतामा सुधार


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालको राहदानीको विश्व वरीयतामा सुधार आएको छ ।

विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो । 

यस वर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ । यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शीर्ष स्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शीर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् ।

त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ ।त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक-समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् ।

 यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : १० बजे

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार