गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द « Khabarhub

गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कराँची– उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिने एक शिक्षा अधिकारीले मंगलबार बताएका छन् । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुनेछन् । 

जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ । 

सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले भने, ‘हामीले बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’

नियोजित विद्युत् कटौती अर्थात लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति संकटको बारम्बार कारण बन्दछ । लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घन्टासम्म हुँदा विद्यालयहरू पङ्खाबिना सञ्चालन हुनुपरेको छ । 

‘एक शिक्षिकाका रूपमा मलाई पाठ्यक्रम कसरी पूरा गर्न सक्छु भन्ने चिन्ता हुन्छ तर एक आमाका रूपमा म यो गर्मीमा विद्यालय जाने बालबालिकाका बारेमा चिन्तित छु’, सार्वजनिक विद्यालयकी शिक्षिकाले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामी गर्मीले मात्र नभई लोडसेडिङबाट चिन्तित छौँ ।’

सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ । सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो ।

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो । 

संयुक्त राष्ट्रसङ्घ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन् । 

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशतभन्दा पनि कम योगदान गरे पनि हालका वर्षहरूमा बदलिँदो मौसमी ढाँचाका कारण पाकिस्तानले गम्भीर मौसमसम्बन्धी प्रकोपहरू भोगेको छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ३२ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।