प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन « Khabarhub

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षता तलमाथि नहुने बताएका छन् ।

बुधबार डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो देश सबै धर्मावलम्बीको साझा थलो रहिरहने बताए ।

‘यो देश, यो देशको राज्य सिङ्गै नेपाली जनताको हो । कुन धर्म मान्छ, कुन धर्म मान्दैन, बेग्लै कुरा हो । सबै धर्मावलम्बीहरूको साझा देश हो । तसर्थ यो देश यस धर्मको हुन्छ, त्यस धर्मको हुँदैन भन्ने कुरा होइन,’ ‌ओलीले भने ।

ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएको बताए ।

‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बौद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो । बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथमै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो’, उनले भने, ‘राणाकालमा भिक्षु-भिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटिल बनाउनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई फैल्याउने पक्षमा छौँ ।’

संविधान संशोधनको एजेण्डा लिएर कांग्रेस–एमाले गठबन्धन सरकार बनेसँगै अफवाह फैलाइएको उनले बताए ।

कांग्रेस–एमाले गठबन्धन सरकारले समावेशी समानुपातिक, धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत संरचना परिवर्तन गर्न खोजेको आरोप लागिरहेका बेला ओलीले यस्तो भनेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ३२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ