अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त | Khabarhub Khabarhub

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– बढ्दो दबावकाबीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक प्रमुखमा नियुक्त गरिएको छ ।

‘मैले अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक निर्देशकमा नियुक्त गरेको छु’, गृहमन्त्री अलेजान्ड्रो मेयोर्कासले विज्ञप्तिमा भने। सिक्रेट सर्भिसमा २४ वर्षदेखि काम गरेका रोवे सन् २०२३ अप्रिलदेखि एजेन्सीको उपनिर्देशक हुन्।

‘म यो अविश्वसनीय चुनौतीपूर्ण क्षणमा सिक्रेट सर्भिसको नेतृत्व गर्ने उहाँको इच्छाको कदर गर्दछु । उनले जुलाई १३ मा भएको घटनाको अनुसन्धान गर्न सहयोग गर्नुहुनेछ’, मेयोर्कासले भने।

रोवेको नियुक्ति चिटलको राजीनामाको केही घन्टापछि आएको हो । चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेका थिए ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । उनले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : १४ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।