अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त « Khabarhub

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– बढ्दो दबावकाबीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक प्रमुखमा नियुक्त गरिएको छ ।

‘मैले अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक निर्देशकमा नियुक्त गरेको छु’, गृहमन्त्री अलेजान्ड्रो मेयोर्कासले विज्ञप्तिमा भने। सिक्रेट सर्भिसमा २४ वर्षदेखि काम गरेका रोवे सन् २०२३ अप्रिलदेखि एजेन्सीको उपनिर्देशक हुन्।

‘म यो अविश्वसनीय चुनौतीपूर्ण क्षणमा सिक्रेट सर्भिसको नेतृत्व गर्ने उहाँको इच्छाको कदर गर्दछु । उनले जुलाई १३ मा भएको घटनाको अनुसन्धान गर्न सहयोग गर्नुहुनेछ’, मेयोर्कासले भने।

रोवेको नियुक्ति चिटलको राजीनामाको केही घन्टापछि आएको हो । चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेका थिए ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । उनले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : १४ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको