रौतहटबाट अवैध सालको काठ बरामद « Khabarhub

रौतहटबाट अवैध सालको काठ बरामद


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो ।

गस्ती टोलीले गुजरा ३ सिम्री ईलाकामा धन्सार खोला नजिक झाडीमा अबैध रुपमा जंगलबाट चोरी कटान गरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा गोलिया साढे ६१ क्युफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

अन्दाजी बजार मुल्य १ लाख ८५ हजार बराबरको उक्त काठ बरामद गरि आबश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा अबैध काठ ढुवानी तथा तस्करीमा कमी आएको देखिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ३३ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी