आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ८ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट २४ तारिख। भद्र कृष्ण पक्षको पञ्चमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको योजना बनाउने दिन हो। शुभ समाचार सुन्न पाउँदा मन शान्त हुनेछ। धेरै अवसर प्राप्त हुनेछन्। संघ संस्थाको तर्फबाट साथ मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथले काम सहजै बन्नेछ।

वृष : कमाउने र धन बढाउने दिन छ। तपाईंको पक्षका साथी विपक्षी कित्तामा पुग्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। सामाजिक क्षेत्रमा भने झन्झट हुनसक्छ।

मिथुन : प्राविधिक कठिनाइले काममा अवरोध हुनेछ। समाजमा तपाईंको प्रशंसा हुने योग छ। सामाजिक संघ संस्थाको तर्फबाट सम्मान मिल्नेछ। रोजगारीको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : विश्वास गरेका मान्छे नै तपाईंको विरोधमा देखिने छन्। धन आर्जनको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। भूमि कारोबारमा नाफा हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सामाजिक क्षेत्रमा पद प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायिक क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारसँगको सम्बन्ध दरिलो बन्नेछ।

कन्या : अरुलाई प्रभावित पारेर आफ्नो काम गर्ने समय छ। व्यापार व्यावसायमा नाफा हुने योग छ। स्वास्थ्य क्षेत्रको लगानीबाट उल्लेख्य लाभ प्राप्त हुनेछ। परिवारसँगको सहकार्यले मन उत्साहित हुँदा दिन सहजै बित्नेछ।

तुला : नयाँ कामको सुरुवात हुनेछ। आफन्तसँगको भेटले मन खुशी हुने दिन छ। आफ्नो क्षेत्रमा अधिकार जमाएर बस्ने योग छ। परिवारसँग मेलमिलाप हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दै मिठो खाने अवसर प्राप्त हुनेछ।

वृश्चिक : पूर्व योजनामा अवरोध हुनसक्छ। सोचेको जस्तै गरी काम अगाडि नबढ्ने जोखिम छ। झन्झटिला काम थपिएर मन अशान्त हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

धनु : शुभ समाचार सुन्न पाइनेछ। लवैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्ने योग छ।

मकर : जोखिमपूर्ण कार्य गरेर आम्दानी गर्ने योग छ। धनको पछि लाग्नाले संस्कार र सदाचारका मान्यता ओझेलमा पर्नेछन्। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : चाँडो रिस उठ्ने भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएर शिवको भक्ति गरेमा दिन सहज बन्नेछ। सोचेको काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। जतिसुकै काम गरे पनि तपाईंको प्रशंसा हुँदैन। कमाएको सानो अंश दान गरेमा परिवारमा भने मेलमिलाप हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ०३ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा