रवि लामिछानेसँग संसदीय समितिले लियो राति १ बजेसम्म बयान | Khabarhub Khabarhub

सहकारी बचत दुरुपयोग

रवि लामिछानेसँग संसदीय समितिले लियो राति १ बजेसम्म बयान


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले मध्यराति १ बजेसम्म रवि लामिछानेको बयान लिएको छ। समिति सभापति सूर्यबहादुर थापाले राति १ बजेर ५ मिनेट जाँदा सोधपुछ प्रतिवेदनमा हस्ताक्षर भएको जानकारी दिए। शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको बयान राति १ बजेसम्म चलेको हो।

समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग लामो समय बयान लिएको हो।

समिति बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति थापाले जानकारी दिए।

समिति सचिव बविता मिश्रकाअनुसार शुक्रबार नै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि बयान लिइएको थियो।

मध्यरातसम्मको बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफूले नखाएको दाबी गरेका छन्। बयानबाट निस्किएपछि सञ्चारकर्मीसँग लामिछानेले भने, ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ । यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु।’

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्न रहेका आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ।

विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।

विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ।

छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ।

समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन जारी राखेको छ। तस्बिरः समिति सभापति सूर्य थापाको फेसबुकबाट

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ६ : ३३ बजे

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम