स्पेनिस ला लिग : भिल्लारियलसँग सेभिया पराजित « Khabarhub

स्पेनिस ला लिग : भिल्लारियलसँग सेभिया पराजित


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै भिल्लारियल विजयी भएको हो ।

भिल्लारियलका लागि अर्नाउट डन्जुमा र अयोजे पेरेजले एक–एक गोल गरेका थिए । सेभियाका डोडी लुकेबाकियोले एक गोल फर्काएका थिए ।

भिल्लारियलका अर्नाउटले खेलको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा सेभियाका डोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको दोस्रो हाफको इन्जुरी समयहो पाँचौँ मिनेटमा भिल्लारियलका पेरेजले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै भिल्लारियल दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको सेृभिया १ अंकसहित १६औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको सेल्टा भिगोको समान खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ६ : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस