मर्स्याङ्दी दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा | Khabarhub Khabarhub

मर्स्याङ्दी दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्था बुझ्न काठमाडौं आएकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से नेपाल आएकी हुन् ।

काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । यस्तै १६ जना घाइतेको उपचार भइरहेको छ ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रु सवार थिए ।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ ।

शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १२ : २२ बजे

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान