राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ « Khabarhub

राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जमा खानेपानी समस्या समाधान गर्न सुरु गरिएको राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । 

आर्थिक वर्ष २०७४-७५ बाट आयोजना निर्माणको काम अगाडि बढाइएको थियो । आयोजना सुरु भएको सात वर्ष भए पनि कामले गति लिन सकेको छैन । अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए। 

बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो । कुल ३३ करोडको लागतमा सम्पन्न हुने भनिएको आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआइ’ पाइप बिछ्याइएको छ । 

कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए । पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रीज’ निर्माण गरिएको छ । 

हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगञ्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिदै आएको छ । उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेण्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए। 

उनका अनुसार आयोजना सम्पन्न भएपछि नेपालगञ्जवासी खानेपानी समस्याबाट मुक्त हुनेछन् । आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल दुई थान पम्प जडान गरिएको छ । 

हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगञ्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगञ्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ ।  

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले राप्ती खानेपानी आयोजना सम्पन्न गर्न आफू नेतृत्वमा आएपछि आवश्यक सहजिकरण गर्दै आइरहेको बताए। 

“हामी उपमहानगरपालिकामा आइसकेपछि खानेपानी पाइप गाड्दा हुने क्षतिलाई कम गरेर भए पनि आवश्यक सहजीकरण गरेका छौँ”, उनले भने, “राप्ती खानेपानी आयोजना नेपालगञ्जवासीका लागि धेरै महत्वपूर्ण रहेकाले सबैले आवश्यक सहयोग गर्न लाग्नु पर्दछ ।”

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : २३ बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट