ताप्लेजुङ गोल्डकप : सिरहा फाइनमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : सिरहा फाइनमा


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

फुङलिङ– अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार-दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको हो ।

खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना ग्लोरीले पहिलो गोल गरेका थिए । त्यस्तै प्रतिरक्षाका लागि खेल सुरु भएको ५६औँ मिनेटमा बिर्तामोड क्लबका खेलाडी सञ्जय सुब्बाले गोल गरेसँगै खेल बराबर भएको थियो ।

निर्धारित समयमा बराबर भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा ४-२ गोलअन्तरले सिरहा फाइनलमा प्रवेश गरेको हो ।

सिराहाका खेलाडी जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरेका थिए । त्यस्तै झापाका खेलाडी प्रदीप भण्डारी र रोहन कार्कीले मात्र गोल गर्दा खेल सिरहाको पक्षमा भएको थियो । 

झापाले विभागीय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ फुटबल क्लबलाई २-१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । सोमबार मोरङसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ६ : २३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार