माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन नेृत्वलाई सुझाव « Khabarhub

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन नेृत्वलाई सुझाव


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भएरगरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।

पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए ।

एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने सङ्कल्प भए पार्टी पूर्ण रूपमा पुनःनिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरुको धारणा थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही बैठकमा भएको छलफलका बारेमा आजै नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बैठक फलदायी भएको जानकारी दिएका थिए ।

उनले आफूहरु लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ०५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट