सोह्र किलो चरेससहित एक पक्राउ « Khabarhub

सोह्र किलो चरेससहित एक पक्राउ


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई पक्राउ गरिएको छ ।

बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह धामीले घरमा लागुऔषध (चरेस)को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको जानकारी दिए ।

धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : ५५ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका