समाचार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

By खबरहब

September 24, 2024

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको हल सिंहदरबारमा बस्नेछ ।

बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निर्णय गर्ने कार्यसूची रहेको छ ।

श्रीलंकाको राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईको आवश्यक शैक्षिक योग्यता नपुगेपछि प्रस्ताव अस्वीकृत गर्ने तयारी छ । राजदूतमा सिफारिसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्दछ ।

यसअघि हिजो बसेको बैठकमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

१५ सदस्यीय समितिको बैठकमा दुई तिहाइका लागि १० सांसद सदस्यमो उपस्थिति आवश्यक पर्दछ । हिजोको बैठकमा ८ जना सदस्य मात्रै उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।