थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन  « Khabarhub

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानविन गर्न छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले अलग अलग छानविन समिति गठन गरेका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए । जसमध्ये ७ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार छन् ।

थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन समेत गरेका छन् ।

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : १४ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च