त्रिशूली–३ ‘बी’ सबस्टेशनको काम चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन « Khabarhub

त्रिशूली–३ ‘बी’ सबस्टेशनको काम चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली–३ ‘बी’ २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न  गर्न निर्देशन दिएका छन् ।

उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काममा ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए । ‘सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली–३ ‘बी’ हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,’– ऊर्जामन्त्री खड्काले भने ।

त्रिशूली–३ ‘बी’ हब २२०/१३२/३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको निरीक्षण गरे ।

ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : २४ बजे

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६