गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा | Khabarhub Khabarhub

गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राजविराजतराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाले  सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ । 

साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ ।

कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए। 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ३० बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक