कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी « Khabarhub

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । 

महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिए। 

कैदीबन्दीका लागि बस्नका लागि ठाउँ नहुँदा ‘ग्यालरी’ लगायतका खाली ठाउँमा बस्नुपर्ने बाध्यता रहेको छ । कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदी अधिक छन् ।  

‘पछिल्लो सयम लागूऔषध मुद्दाका कैदी धेरै आउने गरेका छन्’, कारागार प्रमुख थापाले भने, ‘अहिले आठजना महिला गरी २०६ जना लागूऔषध मुद्दाका कैदी कारागारमा छन् ।’

उनले जिल्ला कारागारमा जग्गा पर्याप्त भए पनि बन्दीका लागि भौतिक संरचना र ढल निकासको व्यवस्था नहुँदा समस्या भएको बताए।

कारागारमा ठाउँ अभावकै कारण कैदीबन्दीले कारखानासमेत सञ्चालन गर्न नसकेको प्रशासनले जनाएको छ ।

‘बन्दीहरुले आफ्नो सीपअनुसारका विभिन्न सामग्री बनाएर बिक्री गर्ने गर्छन्’, उनले भने, ‘त्यसका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको छ ।’ उनका अनुसार कैदीहरुले कुर्सी, टेबललगायत सामग्री बनाउने गरेका छन् ।

बिक्री गर्नका लागि समस्या हुँदैन, बाहिरबाट ‘अर्डर’ दिएर जान्छन्’, उनले भने, ‘बजार मूल्यभन्दा यहाँ धेरै सस्तो पाइने भएकाले पनि यहाँ किन्नलाई आउँछन् ।’

त्यसैगरी, गत भदौमा कारागारले सरकारको निर्णयअनुसार १४ जना कैदीको ३३ प्रतिशत कैद मिनाहा गरेको छ । लागूऔषध र वन्यजन्तु मुद्दाका कैदीलाई सरकारले ३३ प्रतिशत कैद मिनाहा गरेको कारागार प्रशासनले जनाएको छ । 

कारागारमा लागूऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ३९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर