वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित | Khabarhub Khabarhub

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । 

भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका किसानको धान मर्न थालेको किसानहरूको भनाइ छ । 

त्रियुगा नगरपालिका–१ जोगिदह बरगाछीका किसान पदम कार्कीले भने, ‘असारदेखि निरन्तर वर्षा भएकाले गाउँको पाखा खेतमा पनि धान रोपाइँ सहज भएको थियो, तर जब भदौको अन्तिम हप्तादेखि गर्मी बढेर खडेरी सुरु भएपछि धान मर्न थाले । सिँचाइको अभावमा खेतका गरामा चिरा परेको छ ।’ 

उनले आफ्नो खेतको २५ प्रतिशत धानको बोट मर्न थालेको बताए।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान देवीलाल चौधरीका अनुसार भदौको तेस्रो साता देखि वर्षा हुन छाडेको हो । सुख्खा भएपछि  खोलानालामा पानी सुक्न थालेको कारण खेतमा सिँचाइ गर्न नसकिएको उनले बताए। आफूले १४ कठ्ठा खेतमा रोपेको धानसहित गाउँलेको खेतमा समेत सिँचाइ अभावमा धान मर्न थालेको चौधरीको भनाइ छ ।

त्रिनपा– १३ लक्ष्मीपुरका किसान नारायण चौधरीले भने, ‘झण्डै २५ दिनदेखि पानी परेको छैन, खेतमा बोरिङ मेसिन हुने किसानको त पानी तानेर सामान्य सिँचाइ भइरहेको छ, मेसिन नहुनेको सिँचाइ अभावमा धान मर्न थालेका छन् ।’

चौदण्डीगढी नगरपालिका–१० हडिया र सुन्दरपुर क्षेत्रमा पनि सिँचाइ अभावमा धेरै किसानका खेत खडेरीले सुक्न थालेका छन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे र मरुवा क्षेत्रमा  खडेरीले प्रभावित बनाएको छ । जिल्ला सदरमुकाम गाईघाटमा सोमबार मात्र ४२ डिग्री तापक्रम मापन गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’