वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित « Khabarhub

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । 

भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका किसानको धान मर्न थालेको किसानहरूको भनाइ छ । 

त्रियुगा नगरपालिका–१ जोगिदह बरगाछीका किसान पदम कार्कीले भने, ‘असारदेखि निरन्तर वर्षा भएकाले गाउँको पाखा खेतमा पनि धान रोपाइँ सहज भएको थियो, तर जब भदौको अन्तिम हप्तादेखि गर्मी बढेर खडेरी सुरु भएपछि धान मर्न थाले । सिँचाइको अभावमा खेतका गरामा चिरा परेको छ ।’ 

उनले आफ्नो खेतको २५ प्रतिशत धानको बोट मर्न थालेको बताए।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान देवीलाल चौधरीका अनुसार भदौको तेस्रो साता देखि वर्षा हुन छाडेको हो । सुख्खा भएपछि  खोलानालामा पानी सुक्न थालेको कारण खेतमा सिँचाइ गर्न नसकिएको उनले बताए। आफूले १४ कठ्ठा खेतमा रोपेको धानसहित गाउँलेको खेतमा समेत सिँचाइ अभावमा धान मर्न थालेको चौधरीको भनाइ छ ।

त्रिनपा– १३ लक्ष्मीपुरका किसान नारायण चौधरीले भने, ‘झण्डै २५ दिनदेखि पानी परेको छैन, खेतमा बोरिङ मेसिन हुने किसानको त पानी तानेर सामान्य सिँचाइ भइरहेको छ, मेसिन नहुनेको सिँचाइ अभावमा धान मर्न थालेका छन् ।’

चौदण्डीगढी नगरपालिका–१० हडिया र सुन्दरपुर क्षेत्रमा पनि सिँचाइ अभावमा धेरै किसानका खेत खडेरीले सुक्न थालेका छन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे र मरुवा क्षेत्रमा  खडेरीले प्रभावित बनाएको छ । जिल्ला सदरमुकाम गाईघाटमा सोमबार मात्र ४२ डिग्री तापक्रम मापन गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ४७ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली