कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता  « Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । 

भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीचमा सम्झौता भएको हो । 

‘सम्मानित प्रधानमन्त्रीज्यूसँग मैले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा अड्चन नआउने गरि, आयोजनाहरू समयमा सम्पन्न हुने गरि कार्यसम्पादन सम्झौता अक्षरंश पालना हुने विश्वास लिएको छु,’ कार्यसम्पादन सम्झौतापछि सिंहले भने। 

उनले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्ने गरि अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनावद्ध शहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध शहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरि कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ५५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र