२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ? | Khabarhub Khabarhub

२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ?


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । गत साउन ३१ गते ३ हजार दशमलब ८१ को बिन्दुमा पुगेको नेप्से २० प्रतिशत भन्दा बढीले घटेर मंगलबार २४७०.३९ को बिन्दुमा रोकिएको हो ।

शेयर विश्लेषकहरूले नेप्सेमा २० प्रतिशत भन्दा बढीको गिरावट आउनु लाई ‘क्रयास’ भएको मान्नुपर्ने विश्लेषण गर्दै आएकोमा मंगलबारसम्म शेयरबजारमा देखिएको गिरावटले नेप्सेमा ‘क्रयास’ भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहे । मंगलबारको शेयर कारोबारमा २३३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १० वटा कम्पनीको शेयर मूल्य मात्रै झिनो अंकले बढ्यो । एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले देखाएको छ ।

मंगलबार नेप्सेमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार हुँदा फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैको अवस्था भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : १८ बजे

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ