दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुल्ने  « Khabarhub

दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुल्ने 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय भएको हो ।

दशैंका लागि आगामी असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सरकारले लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडकको मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको सिटौलाले बताए । 

यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गर्ने र यात्रुलाई सहज रुपमा अग्रिम टिकट बुकिङ गराउने समेत निर्णय भएको उनले बताए । दशैँको समयमा काठमाडौँ उपत्यकाबाट करिब २५ लाख सर्वसाधारणहरू बाहिरिने गरेका छन्

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ५ : ५० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र