धरानका जनप्रतिनिधि काठमाडौंमा, सडक, खानेपानीलगायत विषयमा ध्यानाकर्षण  | Khabarhub Khabarhub

धरानका जनप्रतिनिधि काठमाडौंमा, सडक, खानेपानीलगायत विषयमा ध्यानाकर्षण 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं धरानसंग सम्बन्धित भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरूको ध्यानाकर्षण गराएको छ । 

मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालीनदीर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो ।

भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भीषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पुर्‍याएको भौतिक पूर्वाधारको क्षतिको पुननिर्माण, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान ८ स्थित तीनढ्वाँगेको भत्किँएको पुल र सडक चाँडो निर्माण राजमार्गमा पर्ने वनसँगको कटान आदेश चाँडै गरेर काम सम्पन्न गर्नुपर्ने, धरानको सर्दु खोलादेखि बराहक्षेत्रको झण्डा चोकसम्मको बाटोका लागि वातावरण प्रभाव मुल्यांकन चाँडो गरि निर्माण प्रकृयामा लानु पर्ने, कोशी राजमार्गको निशानामा गएको पहिरो, सारंगाको सडक भासिएकाले तत्काल निर्माण सम्पन्न गर्नुपर्ने, विभिन्न स्थानहरूमा बाढीले क्षति पुर्याएको कल्भर्ट पुन निर्माण गर्नु पर्ने, धरान इटहरी सडक खण्डको सेउतीखोलाको पुल तत्काल निर्माण सम्पन्न गर्दै सेउती तरहरा सडक खण्डको ५.३ किलोमिटर दुबै तर्फि सडक चाँडै सम्पन्न गर्न मन्त्री दाहाललाई ध्यानाकर्षण गराइएको छ । 

धरानबाट काठमाण्डौं आएको टोलीमा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अशोक राई, प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू विजय राई र रमेश बस्नेत, धरान वडा नम्बर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान १३ जग्गा फुकुवा तथा सीमाङ्कन पहल समितिका संयोजक हरि कार्की, धरान १३ का स्थानीय समाजसेवी टिका राई र जसपा नेता भीम राई रहेका छन् । 

मन्त्री दाहालले टोलीसँगै सडक विभागका कार्यकारी निर्देशक रामहरी पोखरेललाई समेत राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई कामलाई प्राथमिकताका आधार प्रारम्भ गर्न निर्देशन दिएका थिए । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र शहरि क्षेत्र र खहरेले पारेको असरका बारेमा प्रदेश र स्थानीय सरकारसँग सङ्घ सरकारले समन्वय गर्ने बताए। 

त्यस्तै सर्दु जलाधार जग्गा संरक्षणका नाममा मिति २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको जग्गाको  ४ सय ७ विघा जग्गाभीत्र परेका साविक बाँझगरा ९ ९क० र साविक घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न पहल गरिदिन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई टोलीकातर्फबाट आग्रह गरिएकोछ । धरान १३ नम्बर वडावासीको निजी जग्गा समेत जलाधारका नाममा रोक्का गरिँदा करिव ३ हजार घरपरिवार समस्यामा परेको कुरा पहल समितिका संयोजक हरि कार्किले मन्त्री अधिकारीलाई जानकारी गराउँदै यसलाई फुकुवा गरिदिन आग्रह गरिएको थियो । 

प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनहरुका कारण जनताले पीडा खेप्नु परेको भन्दै यसलाई विस्तारै समाधान गर्दै जाने बताएका थिए। त्यसैगरी गत भाद्रको वर्षाका कारण धरान १३ स्थित गौरामार्ग खानेपानी संरचनामा ४० लाख बराबरको क्षति भएको, धरान वडा नम्बर ४ को सेर्केदेखि शिवधारासम्मको २७ सय मिटर दुरीमा विछ्याइएको ६३ एमएमको सम्पूर्ण पाइपहरु ध्वस्त बनाइएकोले तत्काल त्यसको मर्मतसम्भारका लागि खानेपानी मन्त्री प्रदिप यादवसंग टोलीले आग्रह गरेको थियो । मन्त्री यादवले क्षतिको सर्भे र लागत विवरणका आधारमा क्रमिक रुपमा कार्तिकसम्ममा मर्मत गरिने आश्वासन दिए। 

धरानबाट आएको टोलीले क्रमशः सिचाइ, उद्योग र धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयमा जाने तयारी रहेको नेता भीमज्वाला राईले जानकारी गराए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ५३ बजे

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ